राष्ट्रिय सभाका अध्यक्ष तिमाल्सिना आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस प्रस्थान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  229 पटक हेरिएको

काठमाडौं, वैशाख ६, ।   

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान रुस प्रस्थान गरेका हुन् ।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच महत्वपूर्ण सम्झौता हुने जानकारी दिए ।

उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबाट सिक्ने समेत बताए । नेपाल र रुस बीचको सम्बन्ध पूरानो भए पनी दुईपक्षिय सहयोगको सम्बन्धमा भने धेरैपछाडी रहेको छ । हाल रुस र यूक्रेनबीच घमासान युद्ध चलिरहेको छ यस समयमा हुने दुईदेश बीचको भ्रमणले अन्तराष्ट्रिय रूप धेरै महत्व र प्रभाव राख्ने राजनीतिक विश्लेषकहरुको बुझाई रहेको छ ।

हाल रुसले अमेरिकी लगायत ८१ पश्चिमी राष्ट्रहरुको कड़ा नाकाबन्दी झेलीरहेको अबस्था छ । तरपनी नेपालका छिमेकी राष्ट्र भारत र चिनले भने पश्चिमी राष्ट्रले रुसमाथी लगाएको आर्थिक नाकाबन्दीलाई अस्वीकार गर्दैदुई देश बीच हुने व्यापारलाई निरन्तरता दिई रहेको छ । हाल रुस र यूक्रेनले अन्तराष्ट्रीय सम्बन्ध मजबुद बनाई एकले अर्कोलाई दबाव दिने रणनीतिमा काम गरीरहेको छ । त्यस कारणले पनी राष्ट्रीय सभाका अध्यक्ष तिमलसिनाको रुस भ्रमण महत्वपूर्ण अन्तराष्ट्रीय रूपमा जोखिमपूर्ण रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार