राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  646 पटक हेरिएको


काठमाडौं, वैशाख ६ ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

सरकारले गत पुस ५ मा संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार