
सुनसरी, बैशाख ६ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको जनाएको छ । उक्त व्यक्ति ६५ वर्षीय पुरुष भएको जनाएको छ । उनी उदयपुरका ६५ बर्षे पुरुष भएको जनाएको छ । निजको हिजो कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको तर आज पुन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
शुक्रबार उदयपुरमा १२ र २ जना चितवनमा गरी १४ जना कोरोना संक्रमित पुष्टि भएका थिए । हिजो उदयपुरको मस्जितमा लुकेर बसेका व्यक्तिमा नै आज कोरोना पोजेटिभ देखिएको हो । निजलाई हाल सुनसरिको नेपालि सेनाको आईसोलेसनमा राखीएको छ ।
यसअघि विभिन्न समयमा गरी १६ जना संक्रमित थिए । हालसम्म कोरोना संक्रमणको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये दुई जनाको उपचारपछि घर पठाइएको मन्त्रालयले जनाएको थियो ।
