एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  343 पटक हेरिएको

साउदिअरब, बैशाख ४ । 

गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो पाचौ अधिवेशन र दसौ बार्षिकोत्सब तथा श्रमिक अन्तक्रिया कार्यक्रम गत १४ अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा २०२३-२०२५ कार्यकालका लागि आयोजित उक्त अधिबेशनबाट १४ जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको साउदिबाट समर्पण रमजान दिन मियाले जनाएका छन् । अध्यक्षमा कृष्ण अधिकारी सहित, वरिष्ठ उपाध्यक्षमा खिलेन्द्र (काजी) कन्दङ्वा, उपाध्यक्षमा बिनोद खड्का, सचीवमा ध्रुब कटुवाल, सह-सचिबमा सिद्दीलाल श्रेष्ठ, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा वीर बहादुर तमाङ, युवा संयोजकमा बद्री (समीर) के. सी., सदस्यहरुमा रमन अर्याल, राज (मुकेस) पौडेल, बिक्रम रुम्बा, दिपक क्षेत्री, धन कुमार आचार्य र अलि हुसेन मियाँ निर्वाचित भएका छन् ।

कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा सचिब ध्रुब कटुवाल तथा सह-सचिब सिद्दीलाल श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका प्रथम सचिब ऋषिराज आचार्य प्रमुख अतिथीमा, एनसिसीका अध्यक्ष डम्बर यादब, आइसिसीका मध्य पुर्व संयोजक राजेन्द्र (जोन) अर्याल, एनसिसीका सस्थापक संरक्षक राजु सैयद बिशिस्ट अतिथिमा, र एनसिसीका उपाध्यक्ष भक्त वीर राई, एनसिसीका कोषाध्यक्ष मनिष कोइराला, एनसिसीका निवर्तमान उपाध्यक्ष विशाल कुमार श्रेष्ठ , एनसिसीका सदस्य नेत्र न्यौपाने, गन्तव्य नेपालका अभियान्ता यादब घिमिर, जनप्रगतीसिल मन्चका सचिब सुमन दाहाल, साथै आरसिसी अल कासिमका सल्लाहकार परिषदका पदाधिकारीहरु लगायत मिडियाकर्मीहरु अतिथिमा रहेका थिए ।

दुई चरणमा गरि समापन गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा आसन ग्रहण देखि राष्ट्रिय गान, कार्यक्रम उद्घाटन गर्नुको साथै २०२१-२०२३ कार्यकालको कार्य प्रगति प्रतिवेदन सचीव र सह-सचिब द्वयद्वारा अडियो भिडियोद्वारा र संस्थाका सह कोषाध्यक्ष वीर बहादुर तमाङद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको र सभापतिले पुरानो कार्यसमिती विघटन गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

एनसिसी कोषाध्यक्ष मनिष कोइराला द्वारा संचालित दोस्रो चरणको कार्यक्रम बन्द सत्र बाट सुरु भएको र निर्वाचन समितीका संयोजक भक्त वीर राइ द्वारा नयाँ उम्मेद्बारीहरुको नाम प्रस्तुत गर्दै यदि अरु कसैलाई उम्मेद्बारी दिन इच्छुक भए १ मिनेटको समय दिई दाबीविरोध भए सुझाउन गरिएको अनुरोधमा कोहि कसैको दावी विरोध नपरेकोले उम्मेद्बारी दिएका नामहरु नै निर्विरोध निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितीले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुको समस्या समाधान मा ठुलो योगदान दिन सफल भएकोले २०२१-२०२३ कार्यकालका समितीलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझ अगाडी बढ्न शुभकामना दिएका थिए।

अन्त्यमा कार्यक्रम समापन गर्दै सभापति अधिकारीले सबै उपस्थित अतिथिहरुलाइ, सहयोगी मनहरुलाइ, पत्रकार मिडियाहरुलाइ, उपस्थित दाजुभाइहरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमका थप फोटाहरु  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार