पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान, आफुलाई बलात्कार नगरी अरुको दबाबमा बोलेको स्पष्टौति

प्रकाशित:  614 पटक हेरिएको

काठमाडौं, वैशाख ४ ।   

बलात्कार आरोपमा जेल जीवन बिताईरहेका नायक पल शाहको केशले यु-टर्न लिएको छ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।

अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा निज बलात्कृत नाबालिक अधिकारीले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् । पछिल्लो समय एकाएक बलात्कार नभएको कसैको बहकाऊँमा आएर बयान दिएका जस्ता भनाई राखेसंगै नाबालिक गायिकाको अझ बढ़ी आलोचना शुरू भएको छ । सामाजिक संजालमा नाबालिक गायिकाको यस्तो चरित्रलाई क़ानूनले सजाय दिनुपर्ने माग तीव्र उठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार