उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  886 पटक हेरिएको

vision-online-advertise

उदयपुर, बैशाख ५ ।

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। पछिल्लो समय भारतबाट आएका सप्तरीका नेपालीमा कोरोना पोजेटिभ देखिरहेको सन्दर्भमा लुकिछिपि बसेका भारतिय नागरीकले नेपालमा जटिल परिस्थितिको सृजना गर्ने देखिएको छ । योसगैँ प्रदेश एकमा खतरा बढेको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। उदयपुरमा मात्र ८ भारतिय नागरिक सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरु १२ जनामा कोशी अस्पतालको स्वाब परीक्षणमा पुष्टी भएको तर टेकुमा थप परीक्षण पछि मात्रै एकीन हुने जानकारी दिएका छन ।


भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र थप परीक्षण गर्न टेकु पठाईएको जनाएको छ ।

नेपालमा बीरगञ्ज, कैलाली , उदयपुर लगायत अधिकाश कोरोना संक्रमित भारतीय नागरिक वा भारतबाट आएकाहरुमा देखिएकाले थप जटिलता आउने खतरा बढ्दै गएको छ । सरकारले सी
सिमामा कडाई गर्दा गर्दै पनि संक्रमित वा मानिसहरु राति लुमिछिपि छिर्ने गरेकाले समस्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।

उनीहरुको रिपोर्ट भने भोली मात्रै आउने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले संचारमाध्यमलाई जानकारी दिए । यस अघि नेपालमा संक्रमितको संख्या १६ रहेको छ । जस मध्य एक जना निको भएर घर फर्किसकेका छन् । केहि जिल्लामा परिक्षण गर्दा एण्टिबढी पोजेटिभ देखिएपनि टेकु स्थित केन्द्रिय ल्याब परिक्षणमा भने नेगेटिभ देखिएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार