अमेरिकामा दुई नेपालीको कोरोना संक्रमणबाट निधन, गो फन्डबाट सहयोगको लागि सबैमाझ अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  626 पटक हेरिएको

vision-online-advertise

अमेरिका, बैशाख ५ ।

अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का नेपाली ४४ वर्षीय पवन मल्ल न्युयोर्कको उडसाइड स्थित आफ्नै रोम मृत अबस्थामा भेटिएका हून ।

महेश अमात्य

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार, अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको जनाएको छ ।


अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुराउने उद्देश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । उपाध्यक्ष आचार्यले यस दुखद घडीमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

२० हजार डलरको लक्ष्यसहित गो फण्ड मी मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको हो । समाजले सबैसँग सहयोगको आग्रह गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पवन मल्ल

हिजो मात्रै न्युयोर्कमा कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइड निवासी नेपाली पवन मल्लको मृत्यु भएको थियो । झण्डै तीन सातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा नै निधन भएको थियो । न्युयोर्कको उडसाइमा बस्दै आएका ४४ वर्षीय मल्ल सन् २०१२ मा अमेरिका आएका थिए । मल्लले केही समय पहिले न्युयोर्कमा समेत ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनी नेपाल प्रहरीको असई समेत थिए ।

मल्लका नेपालमा रहेका दुई छोरीहरुलाई सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । नेपालमा रहेका दुई छोरीहरु आर्थिक रुपमा मल्लप्रति नै आश्रित रहेका छन् । मल्लको अल्पायुमै भएको निधनले उनका छोरीहरुको पढाईमा सहयोग गर्ने व्यक्ति नभएकाले सहयोगका लागि अपिल गरिएको हो । ती छोरीहरुलाई अहिले हजुरबुबा र हजुरआमाले पालिरहेका छन् ।

न्युयोर्कमा एक महिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । मृतकमध्ये ५ जनाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरिएको छ भने अन्य ३ जनाको मृत्युको कारण खुलाइएको छैन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार