जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट हालसम्म २०३ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  617 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख ५ ।

जापानमा कोबिड -१९ को संक्रमण र मृत्युदरमा कमी नभएपछि  बिहीवारदेखी जापानका प्रधानमंत्री शिन्जो आबेसानले जापान भर आपतकालीन अवस्थाको घोषणा गरेको छ । घोषणासंगै संक्रमित संख्या पनि बिहीवारसम्मा १० हजार नाघेको तथ्यांकले देखाएको छ । जापानमा ५७४ वटा नयाँ केसहरू पुष्टि भएसंगै संक्रमणको संख्या बिहीबारसम्म ९, २९६ भन्दा बढी छ। उक्त तथ्या्कमा एयरपोर्ट क्वारेन्टाइन जाँच, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू र चार्टर्ड प्लेनबाट जापान फर्केका व्यक्तिहरूमा संक्रमण देखिएको हो । क्रूज जहाजबाट ७१२ केस गरी जापान भरी संक्रमितको संख्या १०,००८ जना पुगेको हो ।


जापानमा बिहीबार मात्र बाह्र जनाको मृत्यु भएसंगै मृतकको संख्या २०३ जना पुगेको छ । यसमा क्रूजजहाजमा मृत्यु भएका १३ जना पनि समावेश गरीएको छ ।

टोक्यो प्रिफेक्चरमा २,५९५ सबैभन्दा बढी संक्रमणको शीर्ष स्थानमा छ। ओसाका १,०२० सँग दोस्रो स्थानमा छन् भने कानागावा ६७५ चिबा ५८५ सायतामा ५६४ फुकुओका ४६२ र ह्योगो ४५४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उदृत गर्दै जापानी संचारमाध्यमहरुले जनाएको छ ।

१९७ जनाको स्वास्थ्य अबस्था गम्भीर रहेको बताएका छन ती मध्ये क्रुज जहाजका चार जना रहेका छन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाई अनुसार हालसम्म १,५६३ जना संक्रमित स्वास्थ्य उपचार पछी निको भई घर फर्किएको जनाएको छ । जसमध्ये ९१८ जापान भित्रका बिभिन्न केनका छन भने ६४५ जना प्रिंस पानीजहाजमा संक्रमित थिए।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार