अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, कोरोनाबाट बिश्वभर १,४५,५१३ जनाको ज्यान गयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  811 पटक हेरिएको

vision-online-advertise

अमेरिका, बैशाख ५ ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ। अमेरिकामा संक्रमितको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । हालसम्म अमेरिकामा संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ । यो संख्या बिश्व कै सबै भन्दा धेरै हो ।


अमेरिका पछि ईटलीमा मृत्यकको संख्या सबै भन्दा बढी रहेको छ। ईटलीमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ७० जना पुगेको छ भने संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ पुगेको छ । वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट बिश्वभरी हालसम्म १ लाख ४५ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको छ भने २१ लाख ८२ हजार ०८४ जना संक्रमित भएका छन ।

त्यस्तै, ५ लाख ४७ हजार ०९४ जना उपचारपछि निको भएका छन्। पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। भारतमा पनि कोरोना भाईरस संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ भने ४ सय ४८ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरसका कारण दिन प्रतिदिन अवस्था जटिल बन्दै गएकाले सकेसम्म हतोत्साही नभई संयमतापूर्वक जीवनयापन गर्नुहुन अनुरोध गर्दछौं ।

कोरोना भाइरसका सम्बन्धमा आवश्यक विभिन्न सूचनाहरु हामीले निरन्तर प्रकाशन गर्दै आइरहेका छौं । हाम्रो फेसबुकपेज भिजन अनलाईन न्युज (फेसबुक फलोको लागि यहाँ), (ट्विटर फलोको लागि यहाँ) (भिजन टि भि च्यानल सब्सक्राईबको लागि यहाँ क्लिक गर्नुहोला)लाई निरन्तर फलो गर्नुहोला ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार