जापानका प्रधानमन्त्रि आबेसानद्वारा देशैभरी संकटकाल घोषणा गरे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  631 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख ४ ।

फाईल तस्वीर

जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् । शुरूमा ७ प्रान्तमा लगाएको आपतकाललाई शुक्रवारबाट देशै भरी लागु गरेको हो । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् । पहिले प्रधानमन्त्रि आबेसानले टोकियो, कानगावा, साईतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई मात्र कम्तीमा एक महिना सम्मका लागी आपतकालीन घोषणा गरीएको थियो । आपककालीन घोषणाका बेला सर्वसाधारण जनतालाई अनावश्यक बाहिर ननिस्किन आग्रह गर्दै यो भाईरसलाई थप फैलीनबाट रोकथापका लागी सहयोग गर्न समेत सबैलाई आग्रह गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमणको संख्या झन बढेपछी देशैभरी आपतकालको घोषणा गरेको हो । 


सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाई छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गरेका थिए । यी क्षेत्रहरुमा कोरोनाभाइरसको उच्च जोखिम भएकाले सङ्कटकाल लागु गरिएको थियो ।

प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए। तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।

उहाँले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन् । जापानमा कोरोनाभाइरसका कारण बिहीबारसम्म नौ हजार भन्दा बढी सङ्क्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार