बेलायतमा कोरोना भाईरसबाट पुनःअर्का नेपाली गोर्खा सैनिक तामाङ्गको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  707 पटक हेरिएको

vision-online-advertise

लण्डन, बैशाख ४ ।

कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा कोरोना भाईरस संक्रमणका कारण निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानकारी दिए ।


धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ र उनकी श्रमिती छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् । स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।

मंगलबारसम्म अस्पतालले परिवारलाई फोन गरेर उनको स्वास्थ्यअवस्थामा सुधार हुंदै गइरहेको बताइरहेको र बुधबार बिहान एक्कासी अवस्था नाजुक बनेको खबर दिएको परिवारले बताएको छ ।बुधबार साँझ परिवारलाई उनको निधन भएको खबर दिइएको थियो ।

मृतक तामाङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ । बेलायतमा अहिलेसम्म १ दर्जन बढि नेपालीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जसमध्ये केहि बाहेक अधिकांश भूतपूर्व गोर्खा सैनिकहरू रहेका छन् । मृत तामाङ प्रति भिजन अनलाईन न्युज परिवार हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ र स्वक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौँ । बिश्व भरी छरिएर रहेका सम्पूर्ण नेपाली समुदायलाई जहाँ हुनुहुन्छ सुरक्षित र सतर्क रहन बिषेश अनुरोध गर्दछु ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार