जनचेतनामुलक गीत “पानीको धारो छ केहि नहुदै सचेत बनौँ है भएसि गाह्रो छ” सार्वजनिक(भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2439 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख ४ ।

बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व आक्रान्त भईरहेको सन्दर्भलाई मध्यनजर गर्दै जापानबासी नेपालीहरुको सामाजिक सक्रियता पनि बढेको छ । हाल बिश्वमा १ लाख ३४ हजार भन्दा बढीको ज्यान लिएको नोबेल कोरोना भाईरसका कारण मानब जीवनमा पर्न गएको प्रयक्ष असर, मानब जगतमा पर्ने असर प्रभाव र त्यसको निराकराण तथा साबधानिका बारेमा बारम्बार जनचेतना मुलक कार्यक्रमण गर्दै आएका नेपाली प्रबासीहरुले पछिल्लो समय सांगितिक कोसेली मार्फत समेत जनता तथा बिश्वभरि फैलिएर रहेका नेपाली समुदायहरुलाई सचेत गर्ने कार्य गर्दै आएका छन ।


यसै सन्दर्भमा जापानको फुकुओकामा पछिल्लो समय मसला टि.भि युबट्युब च्यानल संचालक तथा गैर आबासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्यसमितिद्धारा गठित कोरोना भाईरस सम्बन्धित सुचना सम्प्रेषण एवं भाष अनुबाद समिति क्युस्युका संयोजक समेत रहनु भएका दिपक देबकोटा र गैर आवासीय नेपाली संघ जापानका केन्द्रिय सदस्य रामकृष्ण श्रेष्ठको सक्रियता बढेको देखिन्छ ।

उहाँहरुको सक्रियतामा फुकुओकामा केहि दिन अघिमात्र कोरोना भाईरसका कारण नेपाल फर्केका र जापानभित्र रहेका नेपालीहरुमा पर्न गएको असर र प्रभाब न्युनिकरण गर्न गैर आबासीय नेपाली र्सघ क्युस्युको आयोजनामा एक बिषेश अन्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । कोरोना भाईरसबाट नेपाली समुदायलाई सुरक्षित रहन अनुरोध गर्दै पछिल्लो समय मसला टि.भिको आधिकारिक युबट्युब च्यानल मार्फत कोरोना भाईरस सम्बन्धित जनचेतना मुलक सांगितिक कोसेली “पानीको धारो छ केहि नहुदै सचेत बनौँ है भएसि गाह्रो छ” समेत लिएर तपाईहरु माझ आउनु भएका छन ।

जापानको फुकुओका रहेर सांगितिक क्षेत्रमा अहोरात्र खटिरहनु भएका चर्चित गायक पुरुषेत्तम सिग्देल, अर्का गायक माधव सिग्देल र गायिका सरु बौडेलको आवाजमा रहेको उक्त जनचेतनामुलक गित तपाईहरुमाझ सार्वजनिक गरिएको छ । उक्त गितमा शब्द संगीत भने पुरुषेत्तम सिग्देलको रहेको छ भने भिडियो निर्देशन भने दिपक देबकोटाले गर्नुभएको हो । भिडियो छायाङ्कन भने जापनिज नागरिक किम सान र दिपक देबकोटाले गर्नुभएको हो । उक्त जनचेतना मुलक गित तपाईहरुको लागि हामीले पनि तल सियर गरेका छौँ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार