एनआरएनए जापानको आयोजनामा अप्रिल १७ तारिख शनिबार रक्तदान कार्यक्रम तय, सहभागी हुन सबैमा अनुरोध

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  148 पटक हेरिएको

जापान, बैशाख ३।  

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान)ले यहि अप्रिल १७ तारिख शनिबारको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए जापानले भोली अप्रिल १७ तारिखको दिन टोकियोमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी हुन अपिल गरेको छ । रक्तदान कार्यक्रम अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुने महिला संयोजक संगिता अधिकारीले फेसबुक लाईभ मार्फत जानकारी दिनुभयो ।

गत वर्षको अक्टोबरमा तय भएको यस कार्यक्रम कोरोना संक्रमणका कारण स्थगन भएको थियो । कोरोना संक्रमण अझै निर्मुल नभएता पनि अब उच्च सतर्कताका साथ कार्यक्रम गर्न लागिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार