गण्डकीप्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रिमा कृष्णचन्द्र नेपाली पोख्रेल सिफारिस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  793 पटक हेरिएको

पोखरा, वैशाख २ ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिपक्षीले आज अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बताए ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

अबिश्वास प्रस्ताब पेश हुने भएपछि मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार