अबिश्वास प्रस्ताब पेश हुने भएपछि मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  560 पटक हेरिएको

पोखरा, वैशाख २ ।  

चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ ।

बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

तर मध्यरातमै अधिवेशन अन्त्य भयो । भएको जनाएको हो । प्रदेश प्रमुखको कार्यालयबाट बैशाख १ गते राति १२ बजेबाट प्रदेशसभा अधिबेशन अन्त्य भएको पत्र मार्फत जानकारी गराएको हो ।

प्रदेश प्रमुखबाट जारी पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार