कोरोना भाईरसका कारण जापानको फुकुओका केनमा ४ जनाको निधन, ४ सय बढीमा संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  886 पटक हेरिएको

vision-online-advertise

जापान, बैशाख ३ ।

जापानको फुकुओका प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार सम्ममा ४ जनाको मृत्यु भएको छ । मंगलबार राती एकै दिन २ जनाको निधन भएको फुकुओका सिटी न्युजले जनाएको छ । योसंगै फुकुओकामा (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । पछिल्लो समय कोरोना भाईरसको उच्च जोखिममा रहेको फुकुओकामा हरेक दिन संक्रमितको संख्या बढीरहेको छ । एकै दिन नयाँ ३३ जना मानीसमा कोरोनाको संक्रमण पुष्टी भएको स्थानीय सरकारले जनाएको छ ।


पछिल्लो तथ्यांक अनुसाार फुकुओका केनमा संक्रमित हुने संख्या मात्र ४ सय ९ जना पुगेको छ । फुकुओका केनमा टोक्यो र ओशाका पछीको सबै भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको छ । यहाँ नेपालीहरूको संख्यामा दिनप्रति दिन उल्लेख्यमात्रामा वृद्धि हुदै आएको छ ।

कोरोना भाईरसको प्रकोप अत्यधिक मात्रामा बढेपछि फोकुओका सहित अन्य ७ प्रान्तहरु उच्च जोखिम रहेको ठहर गर्दै जापान सरकारले चैत्र २५ गतेबाट आपतकालीन घोषणा गरेको थियो ।

पछिल्लो समय कोरोना भाईरसका कारण बिश्वबिध्यालय र अन्य बिध्यालयहरूको समेत पठनपाठन ठप्प रहेको अबस्था छ । अधिकांश व्यवसायहरू अहिले बन्द रहेको छ । जापानमा पछिल्लो समय अनलाईनको माध्यमबाट पठनपाठन थालीएको छ । Zoom याप्लिकेशनको प्रयोग गरी कलेज तथा बिश्वबिध्यालयको सिस्टममा कनेक्ट गरी भिडियो कन्फेरेन्सको माध्यमबाट पठनपाठन सुरु गरीएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार