सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ देखियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  603 पटक हेरिएको

vision-online-advertise

सप्तरी, वैशाख ०३ ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । बिदेशबाट नेपाल आएका अधिकांश नेपालीमा कोरोनाको प्रारम्भिक परिक्षणमा संक्रमण पोजेटिभ देखिन थाले पछि यसले नेपाली समुदायलाई थप पिडा र चिन्ता थपिदिएको छ । धादिङ्ग, काभ्रे र गोरखामा ४ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको थियो । भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ ।


तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरु मध्ये दुई जनामा पोजेटिभ पाईएपछि सात जनाको मङ्गलवार राती राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब संकलन गरी परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो टोलीका एक जना सुरुङ्गा नगरपालिकाका रहेकामा आज विहान उनलाई स्वाब परीक्षणका लागि राजविराज ल्याईने छ । दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरिएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार