
काठमाडौं, बैशाख २ ।

सरकारले जारी लकडाउनलाई वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो। प्रधानमन्त्रि के.पि ओलिले राष्ट्रको नाममा सम्बोधन कै क्रममा यथास्थितिमा लकडाउन लगायत अन्तराष्ट्रिय उडान खुल्न नसक्ने बताईसकेका थिए । आज पनि पुन: २ नेपालीमा कोरोना संक्रमण देखिएसंगै लकडाउन बढ़ाउने निर्णय गरेको हो ।
सरकारले चैत ११ गते मुलुकमा लडकाउडन घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ सम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए।
छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको थियो। मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।
