नयाँ बर्ष २०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  121 पटक हेरिएको

काठमाडौं, वैशाख १ ।  

आजबाट बिक्रम संवत् २०७८ सालको नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । गत बर्ष २०७७ साल नेपालीहरु माझ मात्र नभई अन्तराष्ट्रिय जगतमा पनि अशुभ नै साबित भयो ।

चीनको बुहानबाट फैलिएको नोभेल कोरोना भाईरस कोभिड–१९ को प्रकोपमा बिश्व नै थिलथिलको अबस्थामा गुज्रियो र हालसम्म पनि कोरोनासँग बिश्व समुदाय लडिरहेको छ । यसको असर नेपालमा पनि निरन्तर रहिरह्यो । नेपालीहरुको नयाँ बर्षले हर्ष उल्लास र नयाँ उमंङ्ग छाउने छ । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार