जापान, चैत्र ३० ।
गैर आवासिय नेपाली संघ रा स प जापानको एउटा सु-सुचित गराउने अभियान { NRNA मेरो साथी }अन्तर्गतको सातौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “बिध्यार्थीहरु प्रतिको बाहिरि हेराई र वास्तविक भोगाई” बिषयक कार्यकम गरिने भएको छ । यस अघि NRNA मेरो साथी अन्तर्गतको छैटौ श्रिङ्खलामायसकै निरन्तरता स्वरूप अभियान { NRNA मेरो साथी }अन्तर्गतको छैटौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदायमा बढ्दै गरेको बिबिध समस्यालाई मध्यनजर गर्दै जापानमा लामो समय देखि नेपाली समुदाय सँग नजिक रहनुभएको बिशेष ब्यक्तिहरुको सहभगीतामा “जापानमा नेपाली समुदायको बर्तमान अवस्था र भबिश्य” बिषयक कार्यक्रम आयोजना गरिएको थियो ।
यस्तै गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको पाचौ श्रृखला यहि फेबुरोअरी २६ तारिखजापानमा नेपाली रेष्टुरेण्ट व्यवसायी र नेपाली कामदार बिचको वर्तमान अबस्था र भविष्य लगायतका विषयमा एक विशेष कार्यक्रमद्वारा आयोजना सम्पन्न गरेको थियो । गैरआवासीय नेपाली संघ जापानको (सन २०२१-२३) कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बिषयमा जापानमा लामो समय बिभिन्न पेशा ब्यबसाय गरेर बस्नु भएको विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरेका थिए भने चौथो शृंखलामा भने जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषय बहस गरीएको थियो । पाचौ शृंखलामा भने जापानमा रेष्टुरेण्ट व्यवसायी र मज़दूर बिचको सम्बन्ध, त्यस भित्र देखिएका समस्या र त्यसको समाधानको विषयमा बहस गरीएको थियो ।
यसकै निरन्तरता स्वरूप अभियान { NRNA मेरो साथी }अन्तर्गतको सातौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “बिध्यार्थीहरु प्रतिको बाहिरि हेराई र वास्तविक भोगाई” बिषयक कार्यकम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो ।
यस शृंखलामा भने बिभिन्न क्षेत्रबाट बक्ताहरू सहभागी भएका छन । यस कार्यक्रममा ओकिनावाबाट राहुल शाह, मिएकेनबाट कृष्ण भुसाल, सेन्दाईबाट दिल कुमारी शाही र कोबेबाट बिकास न्यौपानेको सहभागी रहने कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु भयो । जापानमा अध्ययनरत नेपाली बिध्यार्थिहरुको वर्तमान भविष्य र जापानमा रहेका नेपाली बिध्यार्थीहरु प्रतिको बाहिरी हेराई र वास्तविक भोगाईका बिषयमा गहन छलफल गर्न लागीएको सचिब श्यामसीतल ज्युले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । यो कार्यक्रम यही एप्रिल १६ तारिक शनिबार बेलुकी ५ बजेबाट भिजन अनलाईन न्युज लगायत बिभिन्न संचारमाध्यमबाट एकसाथ प्रसारण हुने समेत जानकारी गराउनु भएको छ ।