सोमबार कैलाली र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  728 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख १ ।

सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।


कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । देशभरि करिब ११ हजार जनाको कोरोना ९कोभिड–१९० भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।

५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । र्‍यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ ।

परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए । काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना आइसोलेसनमा छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार