अमेरिकाको क्यालिफोर्निया राज्यमा सरकारको आदेश अबज्ञा गरी आयोजित भोजमा गोली चल्दा ६ घाईते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1296 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत ३० ।

अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्ने आदेश दिईएता पनि त्यहाका स्थानीयहरू प्रितिभोजमा रमाईरहेका छन । अमेरिका कोरोना संक्रमणबाट सबै भन्दा बढ़ी प्रभाबित छन । क्यालिफोर्निया स्थानीय सरकारले जारी गरेको आपतकाल तथा लकडाउनको अबज्ञा गरी आयोजना गरीएको एक पार्टी कार्यक्रममा अपरिचित ब्यक्तिले गोली चलाउदा ६ जना घाईते भएको सिएनएन न्युजले जनाएको छ । क्यालिफोर्नियाका गभर्नरले कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने हेतुले हिडडुल र चहलपहल गर्न बन्द गरेको अवस्थामा उक्त प्रीतिभोजको आयोजना गर्दा उक्त घटना भएको हो ।


क्यालिफोर्नियाको कर्न काउन्टीका प्रहरी कार्यालयले एक बिज्ञप्ति जारी गर्दै बेकर्सफिल्ड भन्ने स्थानको एक भवनमा गोलीबारी भएको खबर पाएकोले घटना स्थलमा प्रहरी पुगेको जनाएका छन् ।

उक्त स्थानमा किशोर सहित ६ जना घाइते भएको पाईएको र भोज सुरु हुनु अगाडी नै ठूलो भिड जम्मा हुने योजना रहेको प्रहरीले बताएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने सबैजना खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।

गोलि चलाउने संदिग्ध ४ जना व्यक्तिहरु सेतो रङको सवारी साधनमा आएको एक अधिकारीले जनाएका छन् । हाल सम्म उनीहरुको पहचान नभएको प्रहरीले जनाएको छ ।

क्यालिफोर्नियामा ४ करोड मानिसहरु घरमै बसी रहेको समयमा उक्त घटना घटेको छ । गभर्नर ग्याभिन न्युसमले मार्चको अन्तिममा घरमै बस्न आदेश दिएका थिए भने हाल उक्त आदेश मे १५ सम्मलाई विस्तार गरिएको छ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार