नेपालमा थप ३ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या १२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1106 पटक हेरिएको

vision-online-advertise

काठमाडौँ, चैत ३० ।

नेपालमा थप तीन जना भारतीय नागरिकमा कोरोना संक्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो।


संक्रमित तीनसहित नेपाल आएका २४ भारतीय नागरिक र केही नेपालीको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो। नेपाल भारतमा जारी लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु १३ दिनदेखि वीरगञ्जमै बस्दै आएका थिए ।

यस अघि नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ८ को विभिन्न अस्पतालमा उपचार भइरसको छ । आज तीन जना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार