काठमाण्डौँको ठमेल, दरबारमार्ग एरिया २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  263 पटक हेरिएको

काठमाडौं, चैत, २९ ।

काठमाण्डौँ महानगरपालिका स्थित ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् । राजधानिको मुटु ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन महानगरपालिका, सुरक्षा निकाय र गृह मन्त्रालय बिच पटक पटक संवाद र छलफल पश्चात भएको निर्णय बमोजिम २४ सै घण्टा संचालनको लागि सुरक्षा चुनौती रहेको र त्यसको निराकरण गर्नको लागि बिशेष सुरक्षा योजना बनाउनु पर्ने महानगरपालिकाका उपमेयर सुनिता ढंगोल लगायतले माग गरेसँगै सुरक्षा निकाय सुरक्षा योजना बनाउन जुटेका थिए ।

‘ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले भने ।

परिसर प्रमुख खत्रीले राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको उल्लेख गरे । चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गरेका ३ हजार ७०० मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै लागूऔषध दुव्यर्सनी सम्बन्धी देशभर ४ हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार