एसएसबीको हवाला दिदै भारतीय संचारमाध्यमले लगाए नेपाललाई दोस, भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र गरेको आरोप

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1391 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत २८ ।

‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।

भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भीरताका साथ लिनु नै आवश्यक हुन्न । तर, यो समाचारमा चाहिँ भारतीय सीमा सुरक्षा बल (एसएबी) कै हवाला दिइएर नेपालले भारतमा कोरोना फैलाउन रणनीतिक योजना रचीरहेको भन्ने समाचार संप्रेषण तथा राष्ट्रिय टेलिभिजनले प्रशासण गरीरहेको छ । इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाएको छ ।

४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल पनटोका रामगढवाका कमाण्डरले सो पत्र लेखेका हुन् । पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ ।

एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र सन्दिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै, नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरुले थानेदारलाई चिठ्ठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरुमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस विषयमा बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले भारतीय च्यानल टिभी नाइनसँग भनेका छन्, ‘हाम्रो नेपालसँग जोडिएका बोर्डरका सबैलाई सतर्क रहन भनिएको छ । अर्को देशबाट भारत छिर्न असम्भव छ ।’ यस बिषयमा नेपालसरकारले गम्भीर भएर उच्च स्तरीय संवादबाट सत्यतथ्य बाहीर ल्याउन जरुरी छ । उक्त समाचार भारतको अधिकांश टेलिभिजन ज्यानलले प्रसारण गरेको छ भने सामाजिक संजालमा भाईरल भएको छ । यसले नेपाली जनतामा आक्रोस पैदा गरेको छ ।

एसएसबीको पत्रमा जालिम मुखियाको नाम–ठेगाना उल्लेख भए पनि परिचय खुलाइएको छैन । तर, इन्डिया टिभीको रिपोर्टमा भने उनी जगरनाथपुर गाउँपालिकाका प्रमुख भएको उल्लेख गर्दै तस्वीर पनि देखाइएको छ ।

पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । मधेसी समुदायमा गाउँका अगुवालाई मुखिया भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसैले एसएसबीले ईंगित गरेका व्यक्ति उनै अध्यक्ष जालिम मियाँ नै भएको अनुमान गरिएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार