पाकिस्तान, चैत २७।
पछिल्लो समय अन्तराष्ट्रिय राजनितिमा उथलपुथल भईरहेको देखिन्छ । यस्तै छिमेकी राष्ट्र पाकिस्तानमा पनि राजनितिक परिस्थिति जटिल मोडमा पुगेको छ । संसदमा प्रधानमन्त्रि ईमरान खान बिरुद्ध बिपक्षि एक जुट भएका छन भने प्रधानमन्धि खान पनि आफुलाई सुरक्षित अबतरण गराई राजनितिमा सक्रिय रहने दाउ छोपिरहेको देखिन्छ । पछिल्लो पाकिस्तानको राष्ट्रिय राजनिति जटिल अबस्थामा छ । बिपक्षि दलहरुले प्रधानमन्धि खान बिरुद्ध अबिस्वासको प्रस्ताब पेश गरेसँगै प्रधानमन्त्रि खान अल्पमतमा परेका थिए । आफु अल्पमतमा परेपछि प्रधानमन्त्रि खानले आफु बिरुद्ध परेको अबिस्वासको प्रस्ताप उपसभामुख मार्फत रिजेक्ट गर्न लगाई आफ्नो प्रधानमन्त्रि पदमा टिकिरहन खोजेका थिए । त्यस लगत्तै प्रधानमन्त्रि खानले राष्ट्रपति मार्फत संसद बिघटन समेत गरेर राष्ट्रिय चुनाब घोषणा समेत गरेका थिए ।
तर बिपक्षि गठबन्धकको लगातारको बिरोधसँगै सबोच्च अदालतमा संसद बिघटनको बिरुद्ध रिट दायर गरेसँगै रातको १२ बजे प्रधानमन्त्रि खान बिरुद्धको रिटको फैसल्ला गर्दै संसद बिघटन बिरुद्धको रिटको पक्षमा फैसल्ला, संसद बिघटन संबिधान बिरुद्धको फैसल्ला रहेको भन्दै संसद सुचारु गरि पक्ष बिपक्षमा शनिबार रातको १२ बजे भित्र चुनाब गर्न निर्देशन समेत दिएका थिए । सोहि बमोजिम शनिबारको लागि संसद बैठक बोलाईएको थियो । तर प्रधानमन्त्रि खानको अनुपस्थितका कारण समयमा संसद बैठक सुचारु भएन । पछि सभामुखद्धारा रातको ११ बजेर ३० मिनेटको लागि संसद बैठक बोलाईएको थियो । संसद बैठक सुचारु लगत्तै सभामुख र उपसभामुखद्धारा अन्तराष्ट्रिय हस्तक्षेप भएको र गोप्य चिठी प्राप्त भएकोले प्रधानमन्त्रि खान बिरुद्ध आफूहरु लाग्न नसक्ने भन्दै दुबै सभामुख र उपसभामुखद्धारा राजिनामा दिएका थिए । सभामुख र उपसभामुखले राजिनामा दिए लगत्तै प्रधानमन्त्रि र उनका दलका सम्पुर्ण सांसदहरुले संसद भवन छाडेका थिए । त्यस पश्चात संसदका जेष्ठ नागरिकद्धारा संसद बैठक सुचारु गरेका थिए ।
सर्बोच्च अदालतको निर्देशनको सम्मान गर्दै १२ बजे अगाबै भोटिङ्ग गर्नुपनै भएकोले १२ बजे अगाबै केहि सांसदले भोटिङ्ग गरे पश्चात ४ मिनेटको लागि संसद बैठक स्थगित गरेका थिए । पुन सुचारु भएको भोटिङ्गमा अबिस्वास प्रस्ताबको पक्षमा १७४ भोट परेका थिए भने पाकिस्तानका लागि पुर्व प्रधानमन्त्रिको रुपमा परिणत भए । अब पाकिस्तानको नयाँ प्रधानमन्त्रिको रुपमा शाहबाज शरिफ अगाडि आएका छन तर प्रधानमन्त्रिको सपथको मिति भने तय भैसकेको छैन । पाकिस्तानमा सेनाको अधिनमा राष्ट्रिय राजनिति चल्ने गर्छ र सरकार बनाउन र गिराउन पनि सेनाको नै सहारा लिने गर्दछ । तर राष्ट्रिय राजनितिमा सेनाको हस्तक्षेप स्थायी सरकारको बिरुद्ध रहने ठहर्ने गरेको छ । जब सरकार र सेना बिच मनमुटाब रहन्छ तब सरकार परिवर्तनको चर्चा शुरु हुन्छ ।
प्रधानमन्त्रिलाई जेल पटाउने सम्मको कुचेष्टा शुरु हुन्छ हालसम्म पाकिस्तानको राष्ट्रिय राजनिति तथा प्रधानमन्त्रिको कुरा गर्ने हो भने हालसम्म प्रधानमन्त्रिको पद गएसँगै जेल चलान हुने वा देश छाड्ने प्रचलन चल्दै आईरहेको छ । त्यस्तै पुर्व प्रधानमन्त्रिलाई पनि देश छाड्न प्रतिबन्ध लगाउन माग समेत गरेको छ । सम्भवत पुर्व प्रधानमन्त्रि ईमरान खानलाई पनि जेल चलान हुन सक्ने आकलन गरिएको छ । ईमरान खानले प्रधानमन्त्रि बखत सेनालाई आफुलाई पक्राउन नगर्न अनुरोध समेत गरेको पाकिस्तान संचार माध्यमले जनाएको थियो । प्रधानमन्त्रि पद गएसँगै प्रधानमन्त्रि भवन छाडेर हेलिकप्टरमा निजि निवास गएका थिए।