
जापान, चैत २८ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहानसम्म १ सय २३ जनाको मृत्यु भएको छ । एकै दिन नयाँ ५ सय ७६ जनामा संक्रमित देखिएको छ । जापानमा पछिल्लो समय कोरोनाा भाईरस संक्रमणको संख्या अझ बढेको हो । यो समाचार तयार पार्दा सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ६ हजार १ सय ९९ जना पुगेको छ। यो संख्या योकोहामा रहेको डायमण्ड प्रिन्स नामक पानीजहाजको सहित हो । उक्त पानी जहाजमा रहेकामा ७ सय १२ जना कोरोना संक्रमित रहेका छन भने ११ जनाको मृत्यु भईसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १२ सय ७० जना उपचारपछि निको भई घर फर्केका छन् । कोरोना भाईरसका कारण जापानको टोक्यो शहर बढी प्रभावित भएको छ । ओसाका, खानागावा, हियोउगो, फुकुओका, साईतामा र चिबा क्षेत्रमा बढि देखिएकोछ । जापानको फुकुओका शहरमा पनि कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । फुकुओकामा हालसम्म कोरोना भाईरसको संक्रमणबाट १ ब्यक्तिको ज्यान गएको छ भने २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म जापानमा एक नेपाली किशोरीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ । जापान सरकारले कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि टोकियो सहित ७ प्रान्तहरुमा मंगलवार बिहानबाट लागु हुने गरी आपतकालिन अवस्था घोषणा गरेको छ । प्रधानमन्त्रि आबेसानले टोकियो, कानगावा, साईतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई कम्तीमा एक महिना सम्मका लागी आपतकालीन घोषणा गरीएको हो ।
यस्तो छ जापान सहित २०५ देशको सूची (कोरोना अपडेट)
भिजन टि.भी हेर्नको लागि हामीलाई Subscribe गर्नुहोला ।
