माओबादी केन्द्रद्वारा गृहमन्त्रि बादललाई कारबाही, राष्ट्रियसभा पदबाट हटाईयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1059 पटक हेरिएको


काठमाडौं, चैत २७ ।   

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार