राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय, कार्यवाहकको जिम्मेवारी निलम ढुंगानालाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  768 पटक हेरिएको

काठमाडौं, चैत्र २५ ।  

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालको अर्थतन्त्र बिग्रीएको र अर्थतन्त्रमा नै तरलता आएपछी अर्थमन्त्री शर्माले बारम्बार देशको ढुकुटी रित्तिएको र अर्थतन्त्र मज़बूत बनाउन पैसा खोजीरहेको जस्ता प्रतिक्रिया दिदैआइरहेका थिए ।

शुक्रबार गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाइएको छ भने डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ । अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्मासँग अधिकारीको सम्वन्ध बिग्रेको थियो ।

पछिल्लो समय अधिकारीले मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिर्दै आउनु भएको थियो ।  अधिकारीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना सार्वजनिक गरेको जस्ता गम्भिर आरोप पनि लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार