एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज, मन्त्रि पद पनि नरहने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  393 पटक हेरिएको

काठमाडौं, चैत २६ ।  

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकबाट निजहरुलाई पदमुक्त भएको जानकारी गराएको हो । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुनः नियुक्ति गर्नुपर्छ’ उनले भने । नेकपा माओबादी केन्द्रले गृहमन्त्रि रामबहादुर थापालाई भने कारबाही गरेको छैन । रामबहादुर थापा हाल नेकपा एमालेको बाग्मति प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन भने नेकपा एमालेको दोस्रो बर्गिएताको आसमा हाल एमाले ओलि समुहमा छन ।

यदि नेकपा एमाले नेपाल र ओलि समुह एक भएमा गृहमन्त्रि थापा एमालेमा बर्गिएताको हिसाबमा तल पर्ने जानकारहरु बताउछन । माओबादी केन्द्रले हाल गृहमन्त्रि थापालाई कारबाही नगर्नुलाई पनि अथएपूर्ण रुपमा हेरिएको छ । माओबादी केन्द्रले थापाले हालसम्म सार्वजनिक रुपमा पार्टी त्यागको घोषणा नगरेको जिकिर गरेको छ भने हाल राष्ट्रिय सभाको सदस्यको हैसियदमा गृहमन्त्रिको जिम्मेवारीमा रहदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार