जापान, फुकुओका चैत्र २६ ।
जापानको फुकुओका स्थित तोसुमा नेपाली समुदायमा दुखद घटना घटेको छ । एक बर्ष अघिमात्र बिद्यार्थी भिषामा जापानको फुकुओका स्थित तोसु अध्ययनको सिलसिलामा आएकी नेपाली चेली सानै उमेर आत्महत्या गरेका छन । नेपालको पाँचथर फिदिम घर भएकी वर्ष २२ की आस्था मगरले आत्महत्या गरेको बुझिएको छ । के कारणले आत्महत्या गरिन भन्ने चाहि हालसम्म खुलेको छैन । यही अक्टोबर इन्टेकमा जापान आएकी फुकुओका स्थित तोसुमा अवस्थित बुन्खा गाक्कोमा अध्ययनरत आस्था मगर बहिनीको यही अप्रिल ५ तारिकको दिन आकस्मिक दुखद निधन भएको बुझिएको छ।
बहिनीको पार्थिव शरीरलाई जापानमा नै अन्तष्टि गर्ने तयारी रहेको पनि कुरुमे निवासी एक नेपालीले जानकारी गाउनु भयो । ति बहिनिलाई जापानमा नै अन्त्यष्टी गरिने भएको हुनाले साथै परिवारको घाउमा अलिकति भएपनि मलम लगाउन नेपाली समुदायको अगुवाईमा केही आर्थिक रकम सङ्कलन शुरु गरेको समेत जनाएको छ । जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनुहुन समेत अनुरोध गरेका छन। आर्थिक सहयोग गर्न ईच्छुक ब्यक्तिले जापानको फुकुओका स्थित तोसुमा रहेको नेपाली कुरुमे फुड बजारमा प्रत्यक्ष उपस्थिति जनाएर वा बैक दाखिला गरेर सहयोग गर्न सकिने समेत जनाएको छ ।
आत्महत्या समस्याको समाधान होईन तसर्थ प्रवासमा बसेर कुनै पनि समस्या, मनमुटाब लगायतका कुनै पनि असहजता भएका नेपाली समुदाय तथा संघसंस्थासँग सहकार्य गरेर समाधान गर्न सम्पुर्ण प्रवासमा बस्नुहुने नेपाली दाजुभाई दिदिबहिनिहरुमा हार्दिक अपिल साथै मृत आत्मामा चिर शान्तिको कामना गर्दै परिवारमा धैर्य धारणको शक्ति मिलोस् कामना गर्दछु। सेवा नै धर्म हो। दुःख सबैलाई पर्छ। आउनुहोस् सबैजना मिलेर परिवारको घाउमा अलिकति भएनी मलम लगाउने कोसिस गरौं।