कोरोना संक्रमणको बृद्धिसँगै काठमाण्डौँ बिश्वबिद्यालयले अनलाईन मार्फत कक्षा संचालन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  81 पटक हेरिएको

काठमाडौं, चैत २६ ।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट कक्षा संचालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो । स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख छ ।

सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ । नेपालमा पुनः कोरोना संक्रमणको संख्यामा बृद्धि भएसँगै अनलाईन कक्षा संचालन गर्न लागिएको काठमाण्डौँ बिश्वबिद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार