कोरोना संक्रमणबाट न्युयोर्कमा मात्र ७ सय ३१ को ज्यान गयो, अमेरिकामा कोरोना संक्रमण अझ बढ़दो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  738 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत २६ ।

पछिल्लो समय चीनबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण अमेरिकाको न्युयोर्क शहर तहसनहस भएको छ । अमेरिकी शहर न्युयोर्क कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।


मङ्गलबार एकैदिन न्युयोर्कमा सात सय ३१ जनाको ज्यान गएको छ । न्युयोर्कमा भाइरसको प्रकोप देखिएपछि एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै न्युयोर्कमा मात्रै भाइरसको सङ्क्रमणबाट पाँच हजार चार सय ९८ जनाको ज्यान गएको छ ।

न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमाले न्युयोर्कवासीहरुलाई मानिस मानिसबीचको दुरी कायम गर्न र घरभित्रै बस्न सचेत गराएका छन् । ‘हामीले यसलाई कडा रुपमा पालना गर्नुपर्छ किनकि जीवन यसमै निर्भर छ’, उनले भने । पछिल्लो दुई दिनयता न्युयोर्कमा सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा मात्र चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने १२ हजार आठ सय जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २१ हजार तीन ६ सय ७४ जना निको भएका छन् । बिश्व भरीको तथ्यांक हेर्ने हो भने कोरोना भाईरसको संक्रमणबाट संक्रमितको संख्या १४ लाख ३१ हजार ९ सय ४४ पुगेको छ भने मर्नेको संख्या ८२ हजार ८५ पुगिसकेको छ । हालसम्म कोरोना संक्रमण निको भई ३ लाख २ हजार २ सय ९ जना घर फर्किएका छन ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार