धादिङ, चैत २६ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाको हिजो सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्ष पदमा राजाराम शर्मा निर्वाचित भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट शर्माले १०३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको हो । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भएको निर्वाचनमा अध्यक्ष पदको लागि दुई जनाबीच प्रतिस्पर्धा भएको थियो। जसअन्तरगत प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट राजाराम शर्मा र प्रेस युनियन नेपालका पोषनाथ अधिकारीबीच प्रतिस्पर्धा भएको थियो। शर्माले १०३ मत प्राप्त गर्दा अधिकारी भने ३७ मतमा सिमित भएको थियो।
त्यस्तै उपाध्यक्ष(खुल्ला)मा संयुक्त प्यानलबाट सानुबाबु तिमिल्सीना, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा राम बहादुर भण्डारी, सहसचिवमा राजाराम डंगोल, कोषाध्यक्षमा शिवप्रसाद देवकोटा निर्बाचित भएको छ। यसैगरी सदस्यहरु(खुल्ला)मा अस्मिता पोख्रेल, उपेन्द्र प्रसाद अधिकारी, बिक्रम अधिकारी, रामचन्द्र रुपाखेती, शिबराज आर्चाय, सुमन अधिकारी, निरमाया गुरुङ निर्बाचित भएको छ । उता सदस्य(आदिबाशी) अर्जुन कुमार श्रेष्ठ, सदस्य(दलित)अनिल नेपाली, अन्य समाबेशी सदस्य उद्धव चेपाङ र सदस्य मधेसी बिकास रौनियार निर्विरोध निर्वाचित भइसकेका थिए ।
जिल्लामा १ सय ५२ जना मतदाता रहेपनि १ सय ४१ मात्र मत खसेको थियो। निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा गायत्री खतिवडा, सिताराम अधिकारी, सुर्दशन खतिवडा र शंकर श्रेष्ठ निर्वाचित भएका छन भने प्रदेश परिषद सदस्यमा १० जना निर्वाचित भएका छन्। महासङ्घको धादिङ शाखाका लागि १८ पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी परेको थियो ।