नेपाल समुहले पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन, अध्यक्षमा प्रबिण राई र सचिबमा सिमा तुम्बापो चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  636 पटक हेरिएको

पाँचथर, चैत २५ ।  

नेकपा एमाले माधब कुमार नेपाल समुहले आज पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन गरेको छ । आज सम्पन्न युवा संघ नेपाल पाँचथर जिल्लाको ऐतिहासिक बिसाल भेला बाट प्रबिन राइको संयोजकत्वमा २०९सदस्य सहित जिल्ला कमिटी गठन गरेको हो । आज गठित जिल्ला कमिटिमा अध्यक्षमा प्रविण राइ, उपाध्यक्षमा सेरमान काम्बाङ्ग, मिराक सम्बाहाम्फेर मणि लावती निर्वाचित भएका छन भने सचिब पदमा भने सिमा तुम्बापो सह सचिवमा डम्बर आङदेम्बे, बबिन तुम्बापो, याम काम्बाङ्ग र लोकेन्द्र सम्बाहाम्फे चयन भएका छन ।

यस्तै संघको कोषाध्यक्षमा खगेन्द्र राइ सहित २०९ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो । नेता नेपाल निकट युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरका अनुसार युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा समानान्तर कमिटि गठन गरिएको हो ।

नेकपा एमाले भित्रको आन्तरिक असन्तुष्टिका बाबजुद नेपाल पक्ष र ओलि पक्ष बिभिन्न जिल्लामा समानान्तर कमिटि गठन गर्न तल्लिन छन । पाँचथर जिल्लामा ओलि समुहले पनि केहि दिन अघि मात्र युवा संघ पाँचथर जिल्ला कमिटिको पुनर्गठन गरिसकेको छ भने नेपाल समुहले आज एक बृहत कार्यक्रम गरि समानान्तर कमिटि गठन गरिएको हो । नेपाल समुहले जिल्लाको वडास्तरसम्म समानान्तर कमिटि गठन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार