कोरोनाको कहर; जापान सरकारले टोक्यो लगायत ७ प्रान्तमा आपातकालीन अबस्थाको घोषणा गर्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  856 पटक हेरिएको

vision-online-advertise

जापान, चैत २४ ।

चीनको वुहानबाट बिश्वभरि महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस(कोभिड-१९)का कारण सोमबार बेलुकीसम्म १३ लाख १० हजार १ सय ४६ जना संक्रमित भएको छ भने ७२ हजार ६ सय ३६ जनाको निधन भईसकेको छ । जापानमा पनि १०४ जनाको निधन भएको छ भने अहिलेसम्म ४७ सयको हाराहारीमा संक्रमित देखिएको छ । जापान सरकारले कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि टोकियो सहित ७ प्रान्तहरुमा मंगलवार बिहानबाट लागु हुने गरी आपतकालिन अवस्था घोषणा गरेको छ । 


विज्ञहरु संग परामर्श गरेपछि प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन अवस्थाको घोषणा गरेको हो ।टोक्यो महानगरको बारम्बारको दबाब र जापानमा कोरोना संक्रमणको संख्या दिनप्रति दिन बढ़दै गएपछी आपतकालीन अबस्थाको घोषणा गरीएको हो । 

प्रधानमन्त्रि आबेसानले टोकियो, कानगावा, साईतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई कम्तीमा एक महिना सम्मका लागी आपतकालीन घोषणा गरीएको हो । आपककालीन घोषणाका बेला सर्वसाधारण जनतालाई अनावश्यक बाहिर ननिस्किन आग्रह गर्दै यो भाईरसलाई थप फैलीनबाट रोकथापका लागी सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ । 

जापान सरकारले एक महीनाको लागी टोक्यो, खानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तमा आपातकालको घोषणा गरेसंगै जापनिज लगायत नेपाली जनसमुदायमा अन्योलता सृजना गरेको छ । जापान सरकारले गरेको आपतकालिन घोषणालाई अधिकांश मानिसहरूले लकडाउनको रूपमा बुझेको पाईयो । लकडाउन र आपातकालीन अबस्थामा धेरै फरक छ ।

यो आपतकालपछी केके हुनेछ ?

१) जापान सरकारले गर्ने आपतकाल घोषणाको मत्लब अन्य देशमा जस्तो लकडाउन गरेको अवस्था जहाँ हिडडुल गर्ननै बन्देज भन्ने हैन।

२) सरकारले सबैलाई घरमै बस्न अनुरोध गर्नेछ।तर दैनिक आवस्यक पर्ने अतिआवस्यक सामानको खरीद गर्न भने जान सकिनेछ ।

३) स्कुलहरु बन्द रहनेछन् ।

४) निजी व्यवसायहरु बन्द गर्न अनुरोध गर्नेछ जस्तै नेपाली रेस्टुरेन्टहरु पनी तर यो अनिवार्य भने हुनेछैन । बेलायत र फ्रान्स सरकारले लागु गरे जस्तै यो पालना नगर्नेलाई कारवाही हुने अवस्था पनी रहनेछैन ।

५) सार्वजनिक सवारी साधन जस्तै ट्रेन, बस, ट्याक्सी र निजी सवारी साधन सुचारु रहनेछन् ।

६) खानपिन जन्य बस्तु र औसधीहरु बिक्री गर्ने पसल हरु खुलै रहनेछन् ।

७) टोक्यो महानगरपालीकाले स्पेसल कल सेन्टरको व्यवस्था गर्नेछ जसले आपतकाल सम्बन्धि आवस्यक जानकारी तथा सूचना दिनेछ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार