जापानमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १०४ पुग्यो, संक्रमितको संख्या ४५ सय ६०

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  816 पटक हेरिएको

vision-online-advertise

जापान, चैत २४ ।

कोरोना भाइरस कोभिड–१९ का कारण जापानमा सोमबार बिहानसम्म १ सय ४ जनाको मृत्यु भएको छ । एकै दिनमा ९ जनाको ज्यान गए संगै मृतकको संख्या १०४ पुगेको हो । एकै दिन नयाँ ३९४ जनामा संक्रमित देखिएको छ ।आईतबारको तुलनामा सोमवार संक्रमितको संख्या अझ बढेको हो । यो समाचार तयार पार्दा सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ४ हजार ५ सय ६० जना पुगेको छ। यो संख्या योकोहामा रहेको डायमण्ड प्रिन्स नामक पानीजहाजको सहित हो । उक्त पानी जहाजमा रहेकामा ७ सय १२ जना कोरोना संक्रमित रहेका छन भने ११ जनाको मृत्यु भईसकेको छ ।


पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १२ सय ३ जना उपचारपछि निको भई घर फर्केका छन् । आईतबार मात्र ९ जना कोरोना संक्रमित ब्यक्ति उपचार पछि निको भएको जापान संचार माध्यमले जनाएको छ । कोरोना भाईरसका कारण जापानको टोक्यो शहर बढी प्रभावित भएको छ । ओसाका, खानागावा, हियोउगो, फुकुओका, साईतामा र चिबा क्षेत्रमा बढि देखिएकोछ । जापानको फुकुओका शहरमा पनि कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । फुकुओकामा हालसम्म कोरोना भाईरसको संक्रमणबाट १ ब्यक्तिको ज्यान गएको छ भने १६२ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म जापानमा एक नेपाली किशोरीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ । जापानको टोक्यो ओसाकामा संक्रमण तिब्र भएकोले उक्त क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारीमा जापान सरकार रहेको जापान संचारमाध्यमले जनाएको छ । टोक्यो महानगरका मेयरको बारम्बारको प्रस्ताब पछि आबे सरकारले आपतकाल घोषणको तयारी थालेको जनाएको छ ।

यस्तो छ जापान सहित २०५ देशको सूची (कोरोना अपडेट)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार