सुनिता खडकाको स्वरमा मसानघाट बजारमा(भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1120 पटक हेरिएको

काठमाडौं, चैत २४ । 

नव गायिका सुनिता खड्काले वियोगान्त लोक दोहोरी गीत मसान घाट बजारमा ल्याएकी छन् । गायिका खड्काको आफ्नै शब्द रहेको उक्त गीतमा गायक राजन विसीले संगीत भरेका छन्।

“मेरो जिवन रोएरै मर्ने भो, तिम्रो सिउँदो अर्कैले भर्ने भो, तिम्लाई डोली चढाई ल्याउँदा मोटर बाटामा, मलाई शंख फुकेर लैजान्छन्, जलाउनलाई मसानघाटमा”, जस्ता शब्द रहेको यो गीतमा गायिका सुनिता खड्का र गायक राजन विसीको स्वर रहेको छ।

ओएसआर डिजिटल मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियो शैलेस पहारीले निर्देशन गरेका छन् । गीत र म्युजिक भिडियोमा मूख्यतः युवा–युवतीको माया–प्रेम र बिछोडलाई देखाइएको छ। गीतको म्युजिक भिडियोमा सुरज गर्चा सारज, सुनिता खड्का र शैलेस पहारीको अभिनय रहेको छ।

यस्तो छ गीतको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार