जापनिज पर्यटक लिएर नेपाल एयरलायन्सको चार्टर बिमान अप्रिल ११ मा नारिता उड्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1402 पटक हेरिएको

vision-online-advertise

जापान, चैत २४ ।

कोरोना भाईरसको महामारी र त्यसबाट प्रभाबित मुलुकहरु घोसित तथा अघोसित रुपमा पूर्ण लकडाउनको अवस्थामा रहेको छ । बिश्वलाई आक्रान्त पारेको नोबेल कोराना भाईरस (कोभिड–१९) ले बिश्वको अर्थतन्त्रलाई समेत प्रत्यक्ष प्रभाव पारेको छ भने लाखौँको संख्यामा मानबजातिको ज्यान लिईरहेको छ । बिश्वालाई संकट पारेको कोरोना भाईरसले कतिका घर परिवारको बिछोड गराईरहेको छ भने कति भ्रमणमा रहेका बिदेशी नागरिकहरु आफ्नो देश समेत फर्कन पाएको छैन ।


पर्यटक र आफ्ना नागरिकलाई मध्यनजर गर्दै नेपाल एयरलायन्सले बिभिन्न देशमा चार्टर उडान गर्ने भएको छ । यस्तै नेपाल एयरलायन्सले जापानको नारिता एयरपोर्टमा चार्टर उडान गर्ने भएको छ । नेपालमा रहेको जापनिज नागरिकलाई जापान ल्याउन यहि अप्रिल ११ तारिकको दिन नेपाल एयरलायन्सको काठमाण्डौँ–नारिता चार्टर उडान हुने भएको हो ।

नेपाल एक्सप्रेस ट्राभल एजेन्सीले ब्यवस्थापन गरेको चार्टर उडान अप्रिल ११ तारिक बिहान १ बजे काठमाण्डौँबाट नारिताको लागि उड्ने जनाएको छ । काठमाण्डौँ– नारिताको लाष् ि२७४ सिट क्षमता रहेको एयरबस ब्३३०–२०० बिमान जापान आउने भएको हो । उक्त बिमानमा लगभग १५० जना जापनिज नागरिक हुने जनाएको छ । कोरोना भाईरसका कारण सम्पूर्ण अन्तराष्ट्रिय उडान स्थगित गरेको नेपाल सरकारले जापनिज पर्यटकहरुलाई आफ्नो देश फर्कनको लागि अनुमति दिइएको बुझिएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार