स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको पराजित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  34 पटक हेरिएको

एजेन्सी, चैत २३ ।

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ। रामोन स्यान्चेज मैदानमा भएको खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग १–०ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस अकुनाले गरे।

जारी सिजन ला लिगामा एट्लेटिकोको तेस्रो हार हो। एट्लेटिकोको पराजयले रियल मड्रिड र बार्सिलोनालाई उपाधि होड फाइदा पुग्ने छ। २९ खेल खेलेका एट्लेटिको मड्रिड र रियल मड्रिड क्रमश ६६ र ६३ अंक जोड्दै तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै २८ खेल खेलको बार्सिलोना ६२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। एट्लेटिकोलाई हराएसँगै ५८ अंक जोडेको सेभिया तालिकाको चौथो स्थानमा छ।

गएराति नै भएका अन्य खेलमा सेल्टाभिगोले अलाभेसलाई ३–१ले हराउँदा कार्डिजसँग भ्यालेन्सिया २–१ ले पराजित भयो। यस्तै एल्चे र रियल बेटिसले १–१ गोलको बराबरी खेले।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार