भारतीय माओवादीद्धारा सुरक्षाकर्मीमाथि आक्रमण, २४ सुरक्षाकर्मीको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  61 पटक हेरिएको

भारत, चैत्र २३ ।  

भारतमा दशकौदेखि शसस्त्र गतिविधि गर्दै आएक माओवादीले शनिबार भारतीय सुरक्षाफौजको ठूलो गस्तीमाथि आक्रमण गरेको छ । यस आक्रमणमा परी कम्तीमा २४ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । सात सय सुरक्षाकमीको ठूलो गस्तीमाथि एम्बुस विष्फोट गराएर त्यस पछि गोली हानिएको थियो । सुरक्षाफौजले पनि जवाफी कार्बाही गरेको र माओवादीहरुको पनि मृत्यु भएको दाबी गरिए पनि भारतिय माओवादीले कुनै प्रतिकृया दिएको छैन ।

एक महिला माओवादी सेनाको शब हतियार सहित बरामद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कम्तीमा १५ माओवादी जनमुक्ति सेनाको मृत्यु भएको बताईएको छ । यो पछिल्लो वर्षको सबै भन्दा ठूलो हमला भएको बताईएको छ । छत्तीसगढको बिजापुर स्थित पहाडी क्षेत्रमा यो संघर्ष भएको हो । यसमा घाईते भएका र मृत्यु भएका सुररक्षाकर्मीको उद्धारका लागि समेत घण्टौ सम्म थप सुरक्षाबल पुग्न सकेको थिएन ।

यो हमला पछि गृहमन्त्री अमित शाहको नेतृत्वमा बसेको बिशेष बैठकले माओवादी बिरुद्ध अप्रेसन प्रहारको निर्देशन दिएका छन् । जस अन्तर्गत माओवादीको गढमा प्रवेश गरेर उनीहरु बिरुद्ध कार्बाही गर्नु यस अप्रेसनको मुख्य लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार