काठमाडौं, चैत २१ ।
दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।
१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले पहिलो विकेट तेस्रो ओभरमा गुमाएको थियो । करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाए । पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५.३ को अवस्थामा पुग्यो ।
चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए, तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । यद्यपि १२ ओभरको समाप्तीसम्म खेल प्रतिस्पर्धामा थियो ।