जापानको फुकुओकामा कोरोना संक्रमणबाट पहिलो बृद्धको निधन, फुकुओकामा संक्रमित संख्या ११९ पुग्यो

  भिजन अनलाईन न्युज सम्वाददाता प्रकाशित:  699 पटक हेरिएको

vision-online-advertise

जापान,चैत,२२ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले पछिल्लो समय बिश्व भरी महामारीको रूप लिईरहेको अबस्थामा जापानमा पनि कोरोनाको संक्रमण तिव्र रूपमा फैलिरहेको छ । जापानको टोक्यो, चोवा, ओसाका र होक्काईदोमा कोरोना संक्रमण धेरै देखिएको छ भने जापानको फुकुओका केनमा पनि पछिल्लो ३ दिनमा संक्रमित संख्या ह्वातै बढेको छ । जापानको फुकुओकामा आज कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण शनीबार १ जना ६० बर्षे बृद्धको मृत्यु भएको छ ।

केहि दिन अघि बाट फुकुओकामा निरन्तर कोरोना भाईरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसाार फुकुओका केनमा संक्रमित हुनेको संख्या मात्र शनीबार १ सय १९ जना पुगेको हो । टोकियो पछि फुकुओका केनमा नेपाली विद्यार्थीको उल्लेखिय मात्रामा बसोबास रहेको छ ।

यहाँ एकै दिन नयाँ १९ जना मानीसमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको छ । यस्तै हाल सम्म कोरोना भाईरस संक्रमितको संख्या जापानको राजधानी टोकियोमा रहेको छ । जहाँ १८ जनाले ज्यान गुमाईसकेका छन् । अहिले सम्म टोकियोमा ७७३ जना संक्रमित रहेका छन् ।

यसैबिच अहिले सम्म सबै भन्दा बढी मृत्यु आईची केनमा भएको छ । त्यहाँ १९ जनाको ज्यान गईसकेको छ, भने २०१ संक्रमित रहेका छन् । पछिल्ला दिनमा हरेक केनमा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । जापानमा रहेका नेपालीहरूको जनजीवन पनि कोरोना भाईरसका कारण अस्तव्यस्त बनेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार