उपमेयर ढङ्गोलको सक्रियतामा महानगरको बिबाद समाधान, कर्मचारीको रोकिएको तलबभत्ता निकासा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  301 पटक हेरिएको

काठमाडौं, चैत २२ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएको महानगरका कर्मचारीले जनाएका हुन् ।

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् । ‘उहाँ (प्रमुख प्रशासकीय अधिकृत) सोमबार तलब पाउनेगरी आज तोक लगाइदिनुभएको छ,’ ती कर्मचारीले जानकारी गराउनु भयो ।

यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए । उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगरले प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए । त्यसपछि शुरु भएको बिबादले कर्मचारी महानगरका प्रहरी बिचमा बिबाद समेत सृजना भएको थियो ।

उक्त बिबादलाई समाधान गर्नका लागि उपमेयर सुनिता ढङ्गोलले आफुलाई बिना जानकारी प्रशासकिय प्रमुखलाई कार्याालय प्रबेशमा लगाईएको रोक मान्य नहुने र मेयरसापलाई त्यस्तो नगर्न समेत सचेत गराउनु भएको थियो । कुनै पनि कर्मचारीलाई कार्यालयका कर्मचारी र जनप्रतिनिधिहलाई बिना जानकारी मौखिक आदेशको भरमा रोक्न नपाउने र यस बिषयमा मेयरसापले सबैलाई स्पष्ट पार्नुपर्ने समेत बताएका थिए ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए । यस्तो अवस्थामा शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले तलब लिनका लागि तोक लगाइदिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार