फुकुओका फेष्टिबल सम्बन्धि बृहत पत्रकार सम्मेलन यहि अप्रिल ६ तारिक हुदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  512 पटक हेरिएको

फुकुओका, जापान चैत्र २२ ।

जापानको फुकुओका शहरमा हरेक बर्ष जस्तै यस बर्ष पनि बृहत रुपमा आयोजना हुन गईरहेको फुकुओका नेपाल फेष्टिबल २०२५ को यहि अप्रिल ६ तारिक बिशेष पत्रकार सम्मेलन हुन गईरहेको छ । फुकुओका नेपाल सोसाइटी, गैर आवासीय नेपाली संघ जापान क्युस्यु, आदिवासी जनजाती महासंघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फ्रेन्डसीप लायन्स क्लवको संयुक्त आयोजना, नेपाली राजदुतावास टोकियो, अवैतनिक वाणिज्य दुतावास फुकुओका, फुकुओका प्रिफेक्चर, फुकुओका सिटी तथा क्युस्युमा अवस्थित सम्पुर्ण संघ संस्थाहरु र जापानीज सरकारी तथा गैर सरकारी संघसंस्थाको सहभागितामा यस वर्ष अप्रिल १२ र १३ तारीकका दिन १२ औं नेपाल फेस्टिबल फुकुओका २०२५ तेन्जिन च्युओ पार्कमा आयोजना गर्न लागीएको छ ।

उक्त फेस्टिवलको हाल सम्मको तयारीका बारेमा बृस्तित जानकारी दिनका लागी २०२५ अप्रिल ६ तारीक साँझ ७ बजेबाट फेस्टिवलको बिशेष प्रत्रकार सम्मेलन हुने जानकारी फेस्टिवल आयोजक समिति संयोजक ईन्द्र प्रसाद घलेले भिजन अनलाईन न्युजलाई जानकारी दिनुभयो ।

हाल सम्म स्टल व्यवस्थापन, परेड व्यवस्थापन, कार्यक्रममा विभीन्न प्रस्तुतिहरुको तयारी, सजावटका लागी गरीने तयारी, अतिथीहरुको व्यवस्थापन लगाएतका सबै कार्य सम्पन्न भै सकेको र अब कार्यक्रममा वृहत सहभागीतको प्रतिक्षा रहेकोले जापानबासी नेपाल बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई आफुसँगै जापानिज साथिहरुको सहभागीता गराइदिनु हुन आयोजक समिति संयोजक इन्द्र प्रसाद घलेले अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनको जानकारी

कार्यक्रम हुने स्थान : फुकुओका सन प्यालेस होटल
समय : साँझ ७ बजेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार