लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको कोरोना संक्रमणबाट मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  583 पटक हेरिएको

vision-online-advertise

लेबनान, चैत २१ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना (कोभिड-१९) भाईरसका कारण बिश्वभरी १० लाख २८ हजार भन्दा बढ़ी मानिसहरु संक्रमित भएका छन । यस्तै कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ । उनी फिलिपिन्सका घरेलु कामदारको अधिकारकाे बलियो पक्षधर हुन् । 


फिलिपिन्सको वैदेशिक मामिला विभागले एक विज्ञप्ति जारी गर्दै ६२ वर्षीया राजदूत क्याटल्लाको भाइरसको संक्रमणबाट बिहीबार मृत्यु भएको बताएको छ । क्याटल्ला २७ वर्षदेखि त्यहाँको कूटनीतिक सेवामा थिइन् । क्याटल्लाको मृत्युले लेवनान र फिलिपिन्सम ठूलो क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । 

लेवनानमा भाइरसको संक्रमणबाट राजदूतसहित १६ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

यस्तो छ २०५ देशको सूची (कोरोना अपडेट)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार