कपिलबस्तुको गुगौलीमा आगलागी हुदा ३९ घर जलेर नष्ट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  748 पटक हेरिएको

vision-online-advertise

कपिलवस्तु, चैत २१ ।

विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब रु एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नं.१ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार