जापान, फुकुओका चैत २१ ।
कोरोना भाइरस कोभिड–१९ का कारण शुक्रबारसम्म जापानमा ८४ जनाको ज्यान गएको छ । हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बिहिबार बेलुकिसम्म जापानको फुकुओका प्रिफेक्चरमा मात्र १०० जना कोरोना भाईरस संक्रमित रहेको पुष्टि भएको छ । बिहिबार मात्र जापानको फुकुओका केनमा २२ जना नयाँ संक्रमित पुष्टि भएको फुकुओका सिटिका मेयर सोईचिरो ताकासिमाले पत्रकार सम्मेलनमा जानकारी गराएको फुकुओकाबाट संचालित स्थानीय अनलाईन पत्रिका फुकुओका नाउले जनाएको छ ।
फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भने हालसम्म संक्रमण देखिएको छैन । जापानको टोक्यो, ओसाका पछिको नेपाली समुदायको बाक्लो उपस्थिति रहेको फुकुओकामा हालसम्म नेपालीहरु सुक्षित रहेको छ । तर पनि दिनप्रति दिन फुकुओकामा पनि सक्रमितको संख्या बढ्दै जादा नेपालीहरुमा पनि त्रास बढेको पाईन्छ । फुकुओको किताक्युशुमा ७ जना, ईतोसिमा २ जना, नाकामा १ जना र अन्य संक्रमित भने सागा, नागासाकी, ओईटा, ओकिनावा, खागोसिमा र कुमामोतोमा रहेको बताइएको छ ।