जापान चैत २१ ।
बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड-१९)का कारण आज बिश्व आक्रान्त भईरहेको छ । जापान पनि कारोना भाईरसबाट आक्रान्त छ । जापानमा हालसम्म ३४ सयको हाराहारीमा संक्रमित संख्या रहेको छ भने ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । जापानमा पनि कोरोना संक्रमणका कारण अधिकांश होटल, कलकारखाना र कम्पनीहरू बन्द भएका छन भने त्यहा काम गर्ने कर्मचारीहरू घर मै बस्न बाध्य भएका छन ।
कोरोना भाईरसकाकारण आयआर्ज़नमा प्रत्यक्ष असर परीरहेको सन्दर्भलाई मध्यनजर गर्दै जापान सरकारले आफ्ना जनतालाई राहत कार्यक्रम घोषणा गरेको छ । जापान सरकारले कोरोना भाईरसका कारण आयमा असर परी परिवार पाल्न नसक्ने स्थिति रहेका परिवारहरूलाई प्रति घर परिवारलाई ३ लाख येन नगद प्रदान गर्ने निर्णय गरेको छ । जापान सरकारका उच्च कर्मचारीको भनाई उल्लेख गर्दै जापनिज समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ ।