पाँचथर, चैत २० ।
युवा संघ नेपाल (माधव कुमार नेपाल) समूह पाँचथरको जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रम चैत २५ गते हुने भएको छ । नेता नेपाल निकट युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरका अनुसार युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा उक्त कार्यक्रम हुनेछ ।
बुधबार मात्र नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट युवा संघ पाँचथरले जिल्ला कमिटि घोषणा तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको थियो । एमाले पार्टी भित्र देखिएको ओलि र नेपाल बिचको ईगो र दम्भका कारण पार्टी विभाजनको मुखमा पुगेको अबस्थामा देशभर समानान्तर कमिटी निर्माण गरीरहेको छ ।
एमाले भित्रको बिवाद उत्कर्षमा पुगेसँगै जनवर्गीय संगठनमा पनि समानान्तर कमिटि निर्माण हुने क्रम जारी रहेको छ । माधव समुहले प्रदेश ४ गणडकीबाट समानान्तर कमिटी निर्माण कार्यको शुरूवात गरीसकेको छ ।